0 COMMENTS

वैशाख ७, काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले मधेश प्रदेश ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार श्रीमान- श्रीमती र भतिजीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार रहेका सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र उनकै भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको हो । मोटरसाइकलमा उनीहरू सम्सीबाट जनकपुरधाम जाँदैगर्दा बसले ठक्कर दिएको हो । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।