0 COMMENTS

वैशाख ३, काठमाडौँ । अमेरिकाको नेतृत्वमा बनेको एटलान्टिक सन्धी संगठन (नेटो) ले आफूहरुलाई विस्तार गर्दै फिनल्याण्डसम्म पुगेको छ । तत्कालिन रुसी नेतृत्वसँग नेटोको विस्तार नगर्ने सहमति गरेको अमेरिकाले नेटोमा विस्तारलाई जारी राखेको छ । अहिले नेटोमा ३१ वटा देश सहभागी भइसकेका छन् । अमेरिकाले नेटोको विस्तार गर्दै युक्रेनमा सहभागी बढाएपछि रुसले पनि सामुहिक सुरक्षा सन्धी संगठन (सिएसटिओ) लाई सक्रिय बनाउन लागेको हो । सन् १९९४ मा गठन भएको यो संगठनमा चीन, उत्तर कोरिया, इरानजस्ता परमाणु सम्पन्न देश सहभागि हुने लागेको बताइएको छ ।

सिएसटिओ विस्तारकै एजेण्डामा रुसले विदेशस्तरिय बैठक गरेको छ । उक्त बैठकमा चीन, इरान बेलारुसलगायतका देशहरु पनि सहभागी थिए । बैठकमा रुसका विदेशमन्त्री सर्गेई लावरोवले नेटोको दादागिरीलाई रोक्न सिएसटिओको आवश्यकता बढेर गएको बताएका थिए । सिएसटिओमा सुरुमा रुस, अर्मेनिया, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान उल्बेकिस्तान देश सहभागी थिए । पछि उल्बेकिस्तान पछि हटेको थियो । यो संगठनमा सुरुमा पूर्व सोभियत देशहरुमात्रै भएपनि अब विस्तार हुन लागेको बताइएको छ ।

रुसी संचारमाध्यमहरुका अनुसार सिएसटिओमा चीन, इरान, उत्तर कोरिया, बेलारुस, सिरिया सहभागी हुन सहमत भइसकेका छन् भने यूएईलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ । शान्ति र स्थिरताको नारा दिएको यस संगठनले पनि नेटोको जस्तै सदस्य देशमाथि सैन्य हमला भए आफ्नो देशमाथि हमलाको मान्ने नीति बनाएको छ । नेटोको बुँदा नम्बर ४ मा उक्त व्यवस्था गरेको छ भने सिएसटिओले बुँदा नम्बर ५ मा ।

यसरी शक्ति सम्पन्न देशहरु दुई भागमा बाँडिन थालेपछि तेस्रो विश्वयुद्ध नजिकिँदै गरेको रक्षा विज्ञहरु अनुमान गरेका छन् । यसले कि विश्वयुद्ध गराउने कि अमेरिकालाई नेटो विस्तारलाई रोक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।