0 COMMENTS

चैत २२, मकवानपुर । राष्ट्रिय उद्योग संरक्षण अभियानअन्तर्गत आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योग संरक्षण विकास र विस्तार गरौँ, बन्द उद्योगहरू खुला गरौँ भन्ने नारा लगाउँदै मङ्गलबार नेकपा (बहुमत) मकवानपुरले जनताको सहभागितामा दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा कपडा उद्योग परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा (बहुमत) का केन्द्रीय सदस्य रविले सम्बोधन गरेका थिए । देशैभरिका बन्द उद्योग खुला गर्न सरकारसँग माग गर्दै रविले मिटरब्याजी र लघुवित्त संस्थाहरूको ज्यादतीलाई सरकारले नियन्त्रण गर्नुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । साथै उनले सरकारले जनतामारा मिटरब्याजी र लघुवित्तहरूलाई कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै जिल्ला संयोजक शक्तिले दलाल पुँजीवादले नेपालको अर्थतन्त्रलाई कमजोर बनाएकाले मुलुकको हालत खराब भएको बताए । उक्त कार्यक्रममा विप्लव समूहका जिल्ला सदस्य गोपी तामाङ पार्टी परित्याग गरी नेकपा (बहुमत) मा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।