0 COMMENTS

चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । नेपाली काँग्रेससहितका दलहरुलाई सहभागी गराए सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतले बतायो । साझेदार दलहरुको आन्तरिक तयारी र छलफलकै कारण मन्त्रिमण्ड विस्तारमा ढिलाई भएको माओवादी नेताहरुको दाबी रहेको छ । प्रधानमन्त्रीले गठबन्धनका दलहरुसँग छलफल जारी राखेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले मन्त्रिमण्डल विस्तारको लागि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई अधिकार दिएको छ । अन्य दलसँग छलफल गरी मन्त्रिमण्डल विस्तारको तयारीमा पार्टीले सहयोग गर्ने निर्णय भएको एक नेताले बताए । स्रोतका अनुसार संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ८ र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले ५ मन्त्रालय पाउने गरी जारी छलफल सहमति नजिक पुगेको छ । काँग्रेसले अर्थसहित ८ वटा मन्त्रालय पाउनेछ । तर, सरकारमा सहभागीताको नेतृत्व कसले गर्ने भन्नेमा काँग्रेसले निर्णय गर्न सकेको छैन । त्यसैगरी प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले नै राख्ने कुरामा सबै दलहरु सहमत छन् ।

जसपाका र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालय दाबी गरेपनि २-२ पाउने र अन्य साना दललाई १–१ मन्त्रालय दिने गरी गठबन्धनमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।