0 COMMENTS

चैत ११, काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । सरकारले प्रहरीको बरियतालाई सम्मान गर्दै पहिलो नम्बरमा भएका कुँवरलाई नियुक्त गरेको छ । महानिरीक्षकका पाँच जना प्रतिस्पर्धामा थिए । तर, सरकारले पहिलो नम्बरका कुँवरलाई नियुक्त गरेको छ ।

कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ । वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

यसअघि २०७९ वैशाख १८ मा सरकारले वरीयता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।