0 COMMENTS

फागुन २८, काठमाडौँ । ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । तेस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले लीलाई नयाँ प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए । नेशनल पिपुल्स कङ्ग्रेसले लीलाई निर्वाचित गरेको थ‍ियो । संसदमा लीको पक्षमा दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । आठ जना सदस्य अनुपस्थित थिए ।

ली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै ली खछ्याङ बिदा भएर आजबाट जिम्मेवारी समाल्दैछन् । ६३ वर्षीय ली अब राष्ट्रपति सी पछिको दोस्रो दर्जामा रहनेछन् । यसअघि उनि आर्थिक राजधानी भनिने सांघाइको प्रमुख थिए । लीलाई राष्ट्रपति सीले उत्तराधिकारीको रुपमा अगाडि ल्याएको चर्चा हुन थालेको छ । ली व्यवहारवादी नेताका रूपमा परिचित छन् । उनी राष्ट्रपति सीको सहयोगीको रुपमा रहँदै आएका छन् ।

सीले आफ्नो गति पकड्न सक्ने नेताहरुको टीम बनाएको प्रधानमन्त्री र सभामुखलगायतका पदमा आफ्नो गति पकड्न सक्ने नेताहरुलाई अगाडि ल्याएका छन् । माओत्सेतुङपछि चीनमा दुई कार्यकाल भन्दा बढी एउटै पदमा रहने पहिलो नेता सी भएका छन् । उनलाई माओपछिको शक्तिशाली नेताको रुपमा पनि परिभाषित गरिएको  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।