0 COMMENTS

फागुन ३, काठमाडौँ । नेपालामा आज मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली भए पनि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली हुनेछ भने बाँकी भू-भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूर-पश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू-भागहरूमा आँशिक बदली रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।