0 COMMENTS

फागुन ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा राष्ट्रपति निर्वाचनका विषयमा भेटवार्ता भएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी गर्न प्रचण्ड बालकोट पुगेका हुन्। सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन ।

बिहिबार (हिजो) मात्र राष्ट्रपतिको उम्मेदवारलाई लिएर प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो तर, दुई नेताबीचको कुराकानीको टुङ्गो लागेको थिएन । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने अडानमा देखिन्छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति सम्भव नभएकोले माओवादीले एमालेले उठाउने राष्ट्रपतिको सहमति जनाउनुपर्ने कुरामा अडिक रहेको स्रोतले बताएको छ ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। निर्वाचन आयोगले २५ गते राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।