0 COMMENTS

मंसिर १९, काठमाडौँ । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालबीच पत्रकारको उपचारको क्रममा लाग्ने औषधी र स्वास्थ्योपचार छुटका लागि सम्झौता भएको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

सो सम्झौता अनुसार अस्पतालले पत्रकार र पत्रकारका परिवारको स्वास्थ्योपचारका क्रममा औषधी र स्वास्थ्योपचारमा १५ प्रतिशत छुट दिने छ । उक्त सम्झौता शुक्रवारबाट लागू भै दुई बर्षसम्म रहने छ ।
सम्झौता पत्रमा उल्लेख भए अनुुसार नेपाल पत्रकार महासंघमा आबद्ध सबै शाखाका सदस्य, पत्रकारका श्रीमान/श्रीमती, बाबुआमा र छोराछोरीले यो सुविधा पाउने छन् ।

सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचयपत्र आवश्यक हुने उल्लेख छ । सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरि कार्की तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. निरजलाल वैद्य र कार्यकारी व्यवस्थापक डा. रिना वैद्यले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।