0 COMMENTS

कात्तिक २८, काठमाडौँ । कोभिडको समयमा दैनिक ५०० देखि १००० जनासम्म निःशुल्क खाना खुवाउने, उपत्यका सरसफाई अभियानमा लगातार लागेको, ठाउँठाउँमा स्वास्थ्य सिविर राखेका, सामाजिक व्यक्तित्वका धनी, अविवाहित, जीन्दगी नै समाज, राष्ट्रको लागि सुम्पेको मान्छे प्रकाश कुवँर । चुनाव चिन्ह मौरी । काठमाडौं क्षेत्र नं. ७ का स्वतन्त्र उम्मेदवार उनै कुवँरसँग गरिएको छोटो कुराकानी ।

तपाईँको उम्मेदवारी किन ?

नेपालमा विकाश गर्न, सुशासन ल्याउन, सबै नेपालीहरुलाई खुशी बनाउन, नेताहरुले गर्न नसकेको काम गरेर देखाउन । शान्ति, सुरक्षा, खानेपानी, ढल निकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न, देशमै रोजगारी सृजना गर्न मेरो उम्मेदवारी हो ।

तपाईँको जित्ने आधारहरु के के छन् ?

लामो समयदेखि यही क्षेत्रमा बसेर जनताको सेवा गरेको र सम्पूर्ण क्षेत्र नं. ७ निवासी आमाबा, दाजुभाई तथा दिदी बहिनीहरुले मलाई चिन्नु भएको छ । मैलें गरेका सामाजिक कामहरुको सबैले प्रशंसा गर्ने भएको हुँदा सबैले मलाई मन, मुटुभित्र राख्नु भएको छ । मैले कसैलाई बिझाएको छैन । सबैसँग राम्रो साथीभाई, भाईचाराको सम्वन्ध राखेको छु । ठाउँठाउँमा स्वास्थ्य सिविर पनि राखेको छु । उपत्यकामा सरसफाई कार्यक्रम पनि चलाइराखेको छु । कोभिड समयमा पनि दैनिक ५००–१००० जनासम्मलाई निःशुल्क खाना वितरण गरेको थिएँ । यिनै विविध कारणलेले गर्दा ७ नं. निवासी सम्पूर्ण मतदाताहरुले यस्तो मान्छे चाहिन्छ, यस्तो मान्छेलाई जिताउनु पर्दछ भनेर जनलहर नै चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।