0 COMMENTS

असोज ३, काठमाडाैँ । जताततै स्वतन्त्र उम्मेदवारहरु बढ्दै । गत बैशाखको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएसँगै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ मा सम्पन्न हुने निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुको बाहुल्यता बढ्दो छ । सत्तामा रहेका पार्टीहरु र प्रमुख प्रतिपक्ष पार्टी पनि स्वच्छ उम्मेदवार दिने कुरामा अनिर्णयको बन्दी बताइरहँदा स्वतन्त्रहरु पनि क्रियाशील भइसकेका छन् ।

स्थानीय तहमा काठमाडौं महानगरपालिकामा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल खनालहरुले विजय प्राप्त गरेपछि स्वतन्त्र लड्नेहरुको लर्को लागेका छन् । पुराना पार्टीहरुका नेताहरुको भ्रष्ट चरित्र र अकर्मण्यता हेर्दा जनता आहात बनेका छन् । जनतामा निराशा व्यापकरुपमा छाएको छ । डा।गोविन्द केसीलगायत सामान्य कुरामा पनि जनता आन्दोलनमा उत्रिनुपर्ने वाध्यता छ । लोकतान्त्रिक गणतन्त्रको संविधान आए पनि मुलुकले कोल्टे फेर्नसकेको छैन । सिण्डिकेट र मनपरीतन्त्र चलिरहेको छ । त्यसैकारण बढी भन्दा बढी मान्छे स्वतन्त्र उम्मेदवारको रुपमा संसदमा जाने तरखरमा छन् । काठमाडौं १ बाट पुकार बम प्रतिनिधि सभा चुनावमा लड्ने अभियानमा छन् । उनले एकपटक घरदैलो अभियान सम्पन्न गरिसकेका छन् । चर्चित संचारकर्मी रवि लामिछानेले पनि यस अगाडि संसदको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनीहरु स्वतन्त्र पार्टीकै माहोलमा छन् ।

गत भरतपुर उप-महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पोडेल पनि प्रचण्डको चुनाव क्षेत्र चितवन ३ बाट स्वतन्त्र संसद उमेदवार बन्ने भनिसकेको छ । प्रतिनिधि सभाको भदौ ३१ को बैठकमा पनि केही रौनकता देखिएन । सांसदहरु दिन बिताउने र भत्ता पचाउने मात्रमा सीमित रहे । उद्योग व्यापारी घरानीयाहरु सांसद किनवेचमा लागेका छन् । पार्टीलाई सहयोगको नाममा ठूला रकमको चलखेल छ यही नै आजको नेपाली राजनीतिको सवभन्दा ठूलो दुर्गण पक्ष हो । यो ५ वर्ष कार्यकाल राम्रो लागेन स्वयं नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको भनाई छ । नेताहरु स्वयं स्वीकार्छन् कि यो चुनाव प्रणाली कामयावी भएन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं स्वीकार छन् यो निर्वाचन पद्धतिले ठूलो रकम खर्च गर्ने परिपाटी बन्यो । यसलाई फेर्न जरुरी छ । यिनै कारण पनि अब देशमा सबै जस्तो जिल्लामा स्वतन्त्र उम्मेदवारहरुको बढ्दो उपस्थिति रहेको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।