0 COMMENTS

भदौ २१, काठमाडौँ । बुटवल, संघ र प्रदेशको चुनाव नजिक आउँदै गर्दा अरु पार्टीबाट राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा एमालका हरि गुरुङ जनमुक्ति पार्टीमा प्रवेश गर्नु भएको छ । गुरुङले बहुजातिय लोकतान्त्रिक समाजवादको मार्गलाई पछ्याउँदै सो पार्टीमा प्रवेश गरेको बताउनु भयो । उहाँले एमालेले पटकपटक मुलुकको शासनसत्ता हाक्यो तर जनताको अवस्था जस्ताको तस्तै रहनुका साथै अति जातिवादी र राष्ट्रघाती कदमतिर लिप्त बन्दै गएकाले एमाले पार्टी परित्याग गरी जनमुक्ति पार्टी रोजेको बताउनुभयो । गुरुङ एमालेका सक्रिय कार्यकता थिए ।

पार्टी प्रवेश गदै गुरुङ्ले भने, ‘पूँजीवादी र साम्यवादीको विकल्प भनेको नै बहुजातिय लोकतान्त्रिक समाजवाद हो । कांग्रेस, एमालेमा लाग्नु भनेको पिछलग्गु बन्नु हो । यहाँका उत्पीडित जाति, समुदाय र वर्गलाई समकक्षी बनाउने पार्टी जनमुक्ति नै हो । जनमुक्ति पार्टीको विचार, सिद्धान्त र राजनीतिक मार्ग देशको माटो सुहाउँदो छ । ढिलै भए पनि आफ्नै मूलघर फर्केको छु । आम न्याय प्रेमी जनसमुदाय तथा सचेत वर्गहरु पनि छिट्टै यो पार्टीको झन्डामुनि गोलबन्द हुनुहोस् । देश वचाउँ, देश बनाउँ ।’

बुटवल— ३ निवासी समाजसेवी गुरुङलाई पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले पार्टी सदस्यता प्रदान गर्नु भएको थियो भने पार्टी उपाध्यक्ष बलदेव राईले खादा लगाई स्वागत गर्नुु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।