0 COMMENTS

भदाै ३, बनेपा । नेकपा (बहुमत) काभ्रेले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ ।

काभ्रे को बनेपामा बिहीबार आयोजित दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पार्टीका काभ्रे जिल्ला इन्चार्ज प्रतापले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोष गरे ।

कार्यक्रममा पार्टीका काभ्रे जिल्ला संयोजक कृष्ण सेवाले श्रमजीवी जनताको मुक्ति र स्वाधीन देश बैज्ञानिक समाजबादमा मात्र सम्भब रहेकाले वैज्ञानिक समाजवादी क्रान्तिमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरू लामबद्ध हुनुपर्ने बताए । अभियान उद्घाटन कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) बनेपा नगर संयोजक बिक्रम खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।