0 COMMENTS

साउन १७, काठमाडौँ । करको दर हेरफेर गर्ने व्यापारीको फोटो सार्वजनिक गर्न ठूला मिडियालाई वरिष्ठ पत्रकार बिजयकुमार पाण्डेले चुनौती दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यो चुनौती दिएका हुन् ।

उनी लेख्छन् — ‘जुनदिन नेपालका ठूला मिडियाले अर्थमन्त्रालयमा ‘चुकुल काण्ड’ घटाएर करका दर परिवर्तन गराउन सक्ने व्यापारिक घरनाको नाम पनि फस्ट पेजमा त्यतिकै ठूलो अक्षरले, फोटो सहित छाप्ने छ, तब मानौँला- घुस लिन्या र दिन्या- दुबैलाई ठूला मिडियाले अपराधी मान्न थालेछ ।’

उनी ट्वीटरमा लेख्छन् ( ‘न फुटेज फेला पर्यो । न फोटो छाप्न सक्यौँ ? अब लाजै नमानी विशेष सम्पादकीयरलेख आदि । लेख्न अघि यस ट्वीटको शिरानमा राखिएको Pinned ट्वीट फेरी पढ्नु । सेठजीहरू हाँस्दै थिए । फोटो छापिएन भनेर ।’

अर्थमन्त्री जनार्दन शर्माको पक्ष र विपक्षमा देश नै दुई कित्तामा बाँडिएको अवस्थामा वरिष्ठ पत्रकार पाण्डेको यो ट्वीटले राजनीतिक वृतमा हलचल मच्चाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।