0 COMMENTS

साउन १६, काठमाडौँ । ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाउँमा कथित पक्राउ पुर्जी जारी गरेपछि नेकपा (बहुमत) ले त्यसप्रति तीव्र प्रतिक्रिया व्यक्त गरेको छ । पार्टी प्रवक्ता एवम् पार्टीद्वारा गठित वार्ताटोलीका संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सहमति कार्यान्वयनका विषयमा यसअघि सरकारका विभिन्न जिम्मेवार निकायसँग भएको छलफलको स्मरण गराउँदै सहमति कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्षको बाटो रोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

प्रवक्ता सुदर्शनले नेपाल सरकारसँग गरिएको तीनबुँदे सहमतिको मुख्य मर्म नेपाली समाजको आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकताप्रति प्रतिबद्ध रहेर वार्ता र संवादको तरिका अवलम्बन गर्ने साझा सहमति रहेको पनि स्मरण गराएका छन् । उनले राज्यको यसखाले गैरजिम्मेवारीपूर्ण कार्य आपसी असमझदारी बढाउने मात्र नभएर देशलाई जबर्जस्ती अशान्तिको मार्गमा धकेल्ने प्रपञ्च त होइन ? भन्ने गम्भीर आशङ्का बढिरहेको पनि प्रस्ट पारेका छन् ।

प्रवक्ता सुदर्शनले नेकपा (बहुमत) सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा सहमति यथाशीघ्र कार्यान्वयन गरी सम्पूर्ण झूट्टा मुद्दाहरू एकमुष्ट खारेज गर्न तथा राजबन्दीहरू एकसाथ रिहा गर्न विशेष आग्रह पनि गररेका छन् ।

प्रेस वक्तव्यको पूर्णपाठ…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।