0 COMMENTS

साउन १५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले आज देश भरका सबै स्थानीय निकायमा माग पत्र बुझाएको छ । भर्चुअल माध्यम बाट सम्पन्न भएको अखिल (क्रान्तिकारी) को दोस्रो पुर्ण बैठक ले गरेको निर्णय अनुरुप अखिल (क्रान्तिकारी) ले देशभरका स्थानीय तहका प्रमुखलाई एकै साथ विभिन्न माग राख्दै मागपत्र बुझाएको हो ।

माग पत्रमा क्रान्तिकारी ले सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट मासिक शुल्क, भर्ना शुल्क लगायतका विभिन्न बाहानामा लिइने शुल्क खारेज गर्न र संबिधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको प्राथमिक तह अनिवार्य, निस्शुल्क र माध्यमिक तह सम्मको शिक्षा निस्शुल्कको व्यवस्थालाई कडाइपुर्वक कार्यान्वयन गर्न प्रमुख मागको रुपमा राखेको छ भने दुरुपयोग भैरहेको सामुदायिक विद्यालयहरुको सार्वजनिक सम्पत्तिलाई संरक्षण गरी विद्यालय मातहत ल्याउन माग गरेको छ ।

यस्तै सरकारी क्याम्पस तथा विद्यालयमा अध्यापनरत शिक्षक/प्राध्यापक, सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समितीमा आबद्ध व्यक्ती, राजनीतिककर्मी, जनप्रतिनिधी, सांसद, मन्त्री लगायत सार्वजनिक जिम्मेवारी तथा पदधारण गरेका व्यक्तिलेहरुले निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गरियोस् । साथै आफ्ना सन्तानलाई अनिवार्य रुपमा सरकारी तथा सामुदायिक विद्यालयमा अनिबार्य भर्ना गर्न पालिमा भित्रका विद्यालयमा अध्यायपनरत शिक्षकहरुको राजनीतिक दलको क्रियाशिल सदस्यता खारेज गर्न माग गर्दछौँ । विद्यालयमा राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक, प्राध्यापक तथा कर्मचारी नियुक्ती बन्द गर्न निजी विद्यालयमा भर्ना, शुल्क, अतिरिक्त शुल्क, क्यारेक्टर सर्टिफिकेट शुल्क, वर्षैपिच्छे पाठ्यपुस्तक प्रकाशन परिवर्तन, विद्यार्थी पोसाक लगायतका विषयमा गरिरहेको अनियमितताको अनुगमन गर्नुका साथै १० प्रतिशत छात्रवृत्ति वितरणलाई पारदर्शी, कार्यरत शिक्षक तथा कर्मचारी माथी भईरहेको श्रमशोषणको अन्त्य गर्न माग गर्दछौँ । साथै विद्यालयबाट दिइने सेवा र लाग्ने शुल्क नागरिक वडापत्रमा देखिने गरी अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न, सबै विद्यार्थीहरुलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन, सामुदायिक विद्यालयमा देखिएको अंग्रेजी र नेपाली भाषाको नाममा हुने भाषागत विभेद अन्त्य गर्न र सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागी छुट्टयाईएको वर्गिकृत छात्रवृत्तिममा पारदर्शिता अपनाएर सम्बन्धित विद्यार्थीहरुलाई सहज उपलब्ध गराउन, CTEVT को अनुमातिमा सन्चालित छोटो अवधिका तालिम कार्यक्रम, बिदेशी सम्बम्धनको नाममा सन्चालित तालिम, कलेज, अवैधानिक रुपमा विद्यार्थीलाई बिदेश पठाउने कन्सलटेन्सी, भाषागत इन्स्टिच्युट, ट्युसन तथा कोसिङ् सेन्टरलाई नियमन, अनुगन तथा निरन्तर निग्रानी गर्न, बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयहरुमा छात्राहरुको आत्मसुरक्षा र सशक्तिकरणका लागी ‘आत्म शुरक्षा तालिम’ सन्चालन गर्न र बिगतमा सङ्गठन संग भएका विभिन्न सहमतिहरुको इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गरेको छ ।

क्रान्तिकारी ले यदि माग पत्रमा उल्लेखित मागहरु कार्यनयन नगरे थप संघर्षमा जाने चेतावनी समेत दिएको छ । यस्तै संगठनका केन्द्रिय अध्यक्ष मिलन राई ले बिभिन्न मिडिया संगको अन्तरबार्ता मा अब विद्यार्थी को साच्चा बिद्यार्थी संगठन भनेको अखिल क्रान्तिकारी नै हो भनेका छन । बिगतमा जस्तो मागपत्र बुझाउने र विद्यार्थी का समस्याहरुको उठाउन गरेर एउटा आर्थिक लेनदेनको बार्गेनिङ गरेर आर्थिक सम्झौतामा टुंग्याउने गरेको आरोप लगाउदै उनले अब मेरो नेतृत्वमा बनेको अखिल क्रान्तिकारी ले सम्झौता हिन संघर्षमा अघि बढ्ने बताएका छन । अध्यक्ष राईले शिक्षा क्षेत्र भित्र रहेका शैक्षिक माफियाहरु, सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्ने भु माफिया र छात्र छात्रा माथी दुव्र्यवहार गर्ने अनैतिक सम्बन्ध राख्न खोज्ने चरीत्र हिन शिक्षकहरुलाइ आवश्यकता अनुसार कार्बाही गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।