0 COMMENTS

साउन १५, काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गरिने भएको छ । नगरप्रमुख घनश्याम गिरीद्वारा जारी गरेको विज्ञप्तिमा आउँदो भादौ १ गतेदेखि वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना हुने उल्लेख गरिएको छ ।

फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि नगरपालिकाले यही साउन ४ गतेदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्र संकलन अभियान आरम्भ गरेको छ ।

फोहोरको वर्गीकरण यसरी गरिएको छ –

कालो झोला – कुहिने फोहोर
रातो झोला – सिसा र सिसाजन्य फोहोर
हरियो झोला – प्लाष्टिकजन्य फोहोर
सेतो झोला – कागजजन्य फोहोर
नीलो झोला – फलाम लगायत कवाडीजन्य
पँहेलो झोला – स्यानिटरी प्याड, डाईपर लगायत

शुन्य फोहोर अभियान अन्तर्गत उल्लेखित रङका झोलाहररू वडा कार्यालयहरू र टोल सुधार समितिहरू मार्फत निःशुल्क उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।