0 COMMENTS

असार ३२, काठमाडौँ । अर्थ मन्त्रालयले करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भए नभएकोबारे छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिलाई सीसीटीभी फुटेजको हार्डड्राइभ नै दिएको छ । तर प्राप्त हार्डड्राइभमा बजेट निर्माणको अन्तिम समयको फुटेज नै नभेटिएको एक सदस्यले जानकारी दिएका छन् ।

समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको फुटेज मागेको थियो । एक सदस्य भन्छन्, ‘मन्त्रालयले हामीले मागेको समयको फुटेज छैन भनेन । हार्डड्राइभ नै दिएर पठायो । तर हामीले हेर्दा त्यो बेलाको फुटेज नै भेटिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।