0 COMMENTS

असार २७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको दोस्रो सचिवालय बैठक आईतबार पोखरामा सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठले गत स्थानीय निर्वाचनमा काँग्रेस र माओवादी मिलेर ठूलो घात गरेकाले आगामी निर्वाचनमा सम्मानजनक भए गठबन्धन गर्ने नत्र एक्लै चुनाव लडेर देशभर जित्ने अभियान चलाउनु पर्नेमा जोड दिनु भयो ।

ओली दक्षिणपन्थी, अवसरवादी, विसर्जनवादी भएकाले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजान विद्रोह गर्नु परेको भनाई ईन्चार्ज श्रेष्ठको थियो ।

बैठकमा विशेष अतिथि पार्टी स्थायी समिति सदस्य एवं मोर्चा संगठन सहईन्चार्ज भबिसोर पराजुलीले पार्टीले संगठन सुदृणीकरण गरेर आगामी चुनावमा एक्लै लडेर देशभर जित्ने अभियान चलाउनु पर्नेमा जोड दिनु भयो ।

जिल्ला अध्यक्षहरुले प्रतिवेदनमाथि सुझाव, आफ्नो जिल्लाको पार्टी गतिविधिबारे बोलेका थिए भने प्रतिवेदन र रिपोर्टिङका क्रममा उठेका विषयहरुमा प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठद्धारा प्रष्ट पार्नु भयो ।

बैठकमा स्थायी समिति तथा गण्डकी प्रदेश सहईन्चार्ज तुलबहादुर गुरुङ र अर्का सहईन्चार्ज चुडामणी जंगली लगायतकाले बोल्नु भएको थियो ।

स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माको अध्यक्षतामा बसेको बैठकको संचालन पोलिट्व्यूरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतावलाल श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।