0 COMMENTS

असार २२, काठमाडौँ । न्युजील्याण्ड पठाउँछु भन्दै विभिन्न व्यक्तिबाट ६३ लाख ठग्ने युवतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर घर भएकी हाल बुढानिलकण्ठ, काठमाडौंमा बस्ने २७ वर्षीय शोभा पौडेल छिन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ९ जनाबाट ६३ लाख रुपैयाँ ठगेर निज पौडेल सम्पर्कविहीन भएकी थिइन् । न्युजील्याण्ड जानका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्ने र १ लाख ७० हजारसम्म मसिक तलब हुन्छ भनेर उनले ‘न्युजील्याण्ड सपना’ बेच्ने गरेकी थिइन् ।

निज युवतीलाई कपनस्थित निलोपुलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।