असार २२, भक्तपुर । नेपालको अर्थतन्त्रले अहिले व्यापक चर्चा पाएको छ । सदनदेखि सडकसम्म अर्थतन्त्रकै चुरोकुरो उठिरहेको छ । अस्तिका दिन विपक्षीका दल केपी शर्मा ओलीले सदनमा उभिएर नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै बनिसकेको बताए । यता, उनले भनेको यो कुरा अहिलेको अवस्थासँग मिल्दोजुल्दो छ । इन्धनको अभाव, मँहगी निरन्तर बढ्नु र वित्तिय संस्थामा तरलता बढनुले हरेक नेपालीले अर्थतन्त्र नाजुक स्थितिमा पुगेको अनुमान लगाएका छन् । सरकारले जति लुकाउन खोजेपछि यो कुरा विस्तारै आउदै छ । राजनीतिक दल र जनताले अर्थतन्त्रलाई लिएर टिकाटिप्पणी गर्न थालेका छन् । मुलुक कतातिर जान्छ भनेर अधिकांशले अड्कलबाजी गर्न थालिसकेका छन् ।
साँच्चै नै अर्थतन्त्र धरासायी बनिसकेको हो ? विपक्षीको पार्टीले तारन्तार एउटै कुरा भनेको भन्यै छ । एकातिर अर्थतन्त्र सकियो भनेर सदनमा चिच्चाउछन् । अर्कोतिर, अर्थमन्त्रीको राजीनामा माग गरेको गर्यै छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएमा लछार्ने धम्कीसमेत सदनमा सुनियो । कतै ओलीले सरकारमाथि हिलो छ्यापेर आफ्नो चोखो बन्ने खेल त रचेका छैनन् । सरकारले करको दायरा परिवर्तन गरेपछि एमालेका उद्योग व्यवसायीहरूले विरोध गरिरहेका छन् । उद्योग व्यवसायीसँग लिएको पैसा पचाउनका लागि विरोध गरिएको बुझिएको छ । आफ्नो कार्यकर्ता रिसाउछ भनेर अर्थमन्त्रीको राजीनामा मागेको माग्यै छ । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई दही चिउरे कुरा गर्न लाज लाग्दैन् ।
कर घटाउनका लागि विपक्षीका दलले आर्थिक चलखेल गरेर त बुरुकबुरुक उफ्रिएका होलान् । देशको अर्थतन्त्र जोखिममा पप्यो भन्दै अर्थमन्त्रीलाई खेदो गर्ने । डुबिसकेको अर्थतन्त्र अर्थमन्त्रीले राजीनामा दिदैंमा फिर्ता आँउछ । यसमा सरकारदेखि विपक्षी दल सबैको हात छ । एउटाले यताबाट खुट्टा तान्ने अर्कोले उताबाट । अनि कसरी देश सुध्रिन्छ । सदनमा उभिएर ओलीले सेयरको कुरा पनि उठाए । सेयरवाला डुबे भनेर उनी सदनमै उफ्रिए । अहिले जतिपनि सेयरमा लगानी छ ती मध्ये ६० प्रतिशत एमालेका कार्यकर्ता हुन् । आफैँ पर्दाभत्र बसेर अनशन बस्न लगाउने अनि आरोप सबै सरकारलाई लगाउने । सेयरको मूल्य घट्नको कारण ओली नै हो । सेयरमा समेत राजनीति छिराइयो जसले गर्दा सेयरमा लगानीकर्ताहरूको आज रुवावासी चलेको छ । आफैँ कुट्ने अनि आफै फकाउने ओली त्यस्ता व्यक्ति हुन् ।
विदेशी मुद्राको सञ्चिति सकिँदै गएको र अर्थतन्त्र सिद्धिएकै हो भने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यथार्थ कुरा किन बाहिर ल्याउदैन । विपक्षीको दलले यसरी आरोप लगाइरहँदा सरकार किन मौन छ ? विपक्षी दल गलत हो भने उसलाई कारकाही गर्नुपप्यो । जहिले पनि एउटै कुरा कति उचालिरहने । यहाँ दनदनी बलेको आगोमा पेट्रोल छर्किने काम भइरहेको छ । एमालेबाट अर्थमन्त्री भइसकेका व्यक्तिहरूले हरेक कार्यक्रममा अर्थतन्त्र डामाडोल भइसकेको कुरा मात्र उठाइरहेका छन् । सरकारले यो कुरा लुकाएर राखेको उनीहरू आरोप लगाइरहेका छन् । यता, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अबको तीनदेखि छ महिनाभित्र नेपाल श्रीलंकाकै अवस्थामा आउने बताउछन् । बढ्दो व्यापार घाटा र विदेशी मुद्राको सञ्चितिमा कमी आएको उनी बताउछन् ।
यता, नेपाल आयल निगम टाँट पल्टिसकेको छ । पेट्रोलियम पदार्थ आयात गर्न नसक्ने स्थितिमा छ आयल निगम । निगमका निर्देशकले समेत अर्थतन्त्रले धेरै समय धान नसक्ने दाबी गरेका छन् । नेपाल पनि श्रीलंकाकै बाटोमा हिडिरहेको बताइन्छ । यता, उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले पनि उही कुरा बताए । होटल, पर्यटनलगायत सम्पूर्ण व्यवसायी डुबिसकेको उनी बताउछन् । थप लगानी गर्न पैसा नभएको उनको भनाइ छ । नयाँ उद्योगमा लगानी गर्ने पनि ठप्प भएको छ । यसको स्पष्टीकरण कसले दिने ? जनतामा त त्रास देखिन थालेको छ । ओलीले त्यति भन्नेबित्तिकै वित्तिय संस्थाबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । भटाभट जनताले पैसा निकाल्न थाले भने एक सातामा वित्तिय संस्था पनि रित्तिन्छ ।
देश सकिएकै हो कि एमालेले सकाउन खोजेको हो ? सडकदेखि सदनसम्म एमाले नेतादेखि कार्यकता कराइरहेका छन् । अर्थमन्त्रीलाई कुर्सी छोड भनेका भन्यै छ । अर्थतन्त्र साँच्नै नै सकिएकै हो भने प्रधानमन्त्रीको राजीनामा माग्नुपप्यो । सरकारकै परिवर्तनमा ल्याउन माग गर्नुपर्ने होइन र ? जतिबेला पनि एउटै विषयमा भाँडभैलो मच्चाइरहेका छन्, एमाले । अर्थमन्त्रीलाई हटाउनेबित्तिकै पाँच दलीय गठबन्धन फुट्छ र अर्कोचोटि बहुमतका साथ चुनाव जित्न सकिन्छ भनेर एमालेले बल लगाइरहेको छ । ओली र एमालेका सांसद्हरूको कोठे राजनीति यही नै हो । जति नै ठूला कुरा गरेपनि एमालेले जनताबाट विश्वासनियता गुमाइसकेको छ । आफूले दुईचोटि विघटन गरेको संसद्मा बसेर ओलीले तीन घन्टा भाषण दिए । सदन नौ महिना अवरोध गप्यो तर तलबभत्ता खाइरहे । अहिले पनि संसद्मा बाङगा कुरा गरेर संसद् चलाउन दिइरहेका छैन् । अझैँ पनि जनताले मलाई पत्याउछन् भन्नु भ्रममा जिउनु मात्र हो ।
श्रीलंका एकैचोटि त्यस्तो स्थितिमा पुगेको होइन् । मँहगी बढ्यो भनेर त्यहाको सरकारले कर घटायो । लोकप्रिय हुनका लागि सरकारले देशै संकटमा पुप्याउने निर्णय गरे । यता, नेपाल सरकारले पनि हालसालै पेट्रोलियम पदार्थमा लिनुपर्ने कर घटाएको छ । जनतासँग लिनुपर्ने कर पनि राज्यले उठाउन सकिरहेको छैन । विदेशीसँग ऋण लिएर सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने काम भइरहेको छ । यसले पनि नेपालीलाई सोचमग्न बनाइदिएको छ । सरकार सही कि विपक्षी गलत जनताहरू अलमल्ल परेका छन् । सरकारले पेट्रोलियम पदार्थको जतिमा खरिद गर्यो त्यतिमा नै बेच्नुपर्छ । घाटा खाएर सरकारले केलाई बेच्ने ? जनताले अहिले पनि कर तिरेका छैनन् । उनीहरूलाई किन कडाइ नगर्ने ? देश चल्ने एकमात्र स्रोत भनेको कर हो । यो नै उठाउन सकिएन् भने मुलुक कसरी चल्छ ? कतिञ्जेल विदेशीसँग ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउने ?
जनताप्रति हामी जिम्मेवार छौँ । जनताका लागि हामी जे गर्न पनि तयार छौ भन्छन् सरकार र सांसद् । तर, आजसम्म एक दिनको तलबभत्ता छोडेको पाइदैन । इन्धन ल्याउन नसक्ने भइसक्यो तर सरकारी गाडी लिएर डुल्न हिडेका छन् । देश सकिए पनि यिनीहरूले सरकारी सेवासुविधा लिन छाड्दैन । जनताको नाम बेचेर खान पल्केका ठगहरू । नेपाली कांग्रेसका महामन्त्री गगन थापा जतिखेर पनि जनताका लागि यो गर्छु, त्यो गर्छु भन्छन् । तर, आजसम्म उनले के गरे ? सरकारी जागिर खान पढाइ भएन् त्यसैले राजनीति गरेर कमाउन पुगेका हुन् । आफ्नो घर हुँदाहुँदै पनि सरकारबाट घरभाँडा बुझ्ने दलालहर यहा कति छन् कति । युवा नेता भन्यो भ्रष्टाचार गप्यो । राजनीतिक दललाई जनताबाट नङगाउदै पूर्व सञ्चारकर्मी रवि लामिछानेले पार्टी खोलेका छन् । अरूले भ्रष्टाचार गरेका छन् म किन नगर्ने भन्दै उनी कम्मर कसेर लागेका छन् ।
स्वतन्त्रको नाम लिएर दल खोल्ने रविलाई जनताले कहाँ पुप्याउछन् हेर्न अझैँ बाँकी छ । जनता र राष्टको लागि उसको योगदान अलिकति पनि छैन । टिभीमा चिच्याएको भरमा जनता पछि नलाग्लान् । टिभीमा जनताको कुरा उठाउनु उसको पेशा थियो । त्यही टिभीमै बोलेको र राजनीति दललाई गाली गरेको भरमा जनताले मलाई भोट दिन्छन् भन्नुचाहि दिँउसै सपना देख्नु मात्र हो । नेता बन्नु त धेरै गाह्रो छ । काठमाडौँका मेयर बालेन्द्र शाहको कुरा गरौँ । हिजो के के न गर्छु जस्तो देखाए । राजनीति पार्टीलाई पछाडि छोडेर आएका व्यक्ति अहिले काम गर्न नसकेर सर्वत्र आलोचित छन् । बालेनलाई मेयर पद टोक्नु न बोक्नु भएको छ । अझैँ पनि जनतालाई झुक्याएर माथि पुग्छु भनेर कसैले नसोच्दा पनि हुन्छ । कुनै पनि व्यक्ति वा राजनीतिक दलले देश र जनतामाथि खेलबाँड नगरौँ ।