0 COMMENTS

असार २०, काठमाडौँ । नेपालका विभिन्न संस्थाहरूलाई भारतीय दूताबासले ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ ।

नेपालका विभिन्न जिल्लामा सञ्चालित विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौँस्थित भारतीय राजदूताबासले आइतबार एक कार्यक्रमबीच ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार प्रदान गरेको हो ।

यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थिति रहेको थियो ।

भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।