0 COMMENTS

असार १९, काठमाडौँ । नेपालमा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप २० जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५१६ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो । मन्त्रालयका अनुसार हाल नेपालमा ३३३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ४७ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।