जेठ १५, काठमाडौँ । यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मङ्गलबजारमा सुरु भएको छ। विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न समयमा नेवाः महोत्सव आयोजना गर्ने गर्दछन्।
यो महोत्सवमा विषेश गरि पाटनका जातिय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायत आ-आफ्नो पहिचान प्रस्तुत गर्ने, मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिने यल नेवा समाजले जनाएको छ । यल नेवा समाजका अध्यक्ष नानी काजी शाक्यका अनुसार यो महोत्सव व्यापार मेला नभइकन विशुद्व पाटनका जातिय समाजको परम्परागत सिपको प्रस्तुति रहेको जनाए । पाटनमा २१ जातिय समाज छन् ।
महोत्सवमा वागमती प्रदेश सरकारले दिएको आदिवासी जनजाति सम्बन्धि अधिकारबारे गोष्ठी र नेवा लिपिको महत्वबारे पनि जानकारी दिइने आयोजकले जनाएको छ । महोत्सव ललितपुर महानगरपालिका वडा १६ को प्रायोजनमा भएको हो।
