0 COMMENTS

असार १०, काठमाडौँ । नेपालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १४ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३५६ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा १८१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।