0 COMMENTS

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी पुनर्गठनपछि क्रान्तिकारी ध्रुवीकरण आरम्भ सुरू गरेको छ । सोही क्रममा काठमाडौँ बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा शुक्रबार नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता घोषणा भएको हाे ।

काठमाडौँ बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा भएकाे नेकपा (बहुमत) र जनसमाजवादी मञ्चको एकतापछि पार्टीको नाम भने नेकपा (बहुमत) नै कायम रहने बताइएको छ । पार्टी एकता कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत नेताहरू र मञ्चका तर्फबाट संयोजक गम्भीरलगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

सोही कार्यक्रमको अवसर पारेर विभिन्न पार्टी, मोर्चा, मञ्च र समूहमा आबद्ध सयौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।