चैत १५, काठमाडौF । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन् ।
आइतबार काठमाडौँको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो । गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो ।
२०७९ सालमा गोरखाबाट विजयी प्रचण्ड यस पटक त्यसलाई छाडेर रुकुम पूर्व पुगेका थिए । माओवादीको जनाधार भएको क्षेत्रमा पुगेर प्रचण्ड सुरक्षित भएका हुन् ।
