0 COMMENTS

माघ १७, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको हरि नारायण रानाद्वारा  मिडिया फेसबुकबाट प्रकाशित गरिएको विज्ञप्तिमा आफ्‌नो नाम समावेश गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

शनिबार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले खण्डन वक्तव्यमार्फत आफ्‌नो नामको कृते हस्ताक्षर गरि भ्रामक प्रचार गरेकोप्रति घोर आपत्ति प्रकटसमेत गरेका छन् । साथै उनले आम जनसमुदायलाई असत्य, भ्रामक र आधारहीन जस्ता गलत सूचनामा विश्वास नगर्नसमेत हार्दिक अनुरोध गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रामबहादुर चौधरी ‘महान’ ले खण्डन वक्तव्यमा भनेका छन्, ‘म नेपाली कम्युनिस्ट पार्टीमा छु र अहिले जिल्ला तथा केन्द्रीय नेता लाजुराम चौधरीसँगै प्रचारप्रसारमा छु । म क्रान्तिकारी कम्युनिस्ट पार्टीमा संलग्न रहेको भनाई पूर्ण रूपमा असत्य, भ्रामक र आधारहीन रहेको स्पष्ट पार्न चाहन्छु । सो विज्ञप्तीसँग मेरो कुनै किसिमको संलग्नता, सहमति वा जानकारी छैन ।’

खण्डन वक्तव्यमा केन्द्रीय सदस्य महानले भनेका छन्, ‘भविष्यमा मेरो नाम प्रयोग गरी कुनै पनि निर्णय, गतिविधि वा वक्तव्य सार्वजनिक गर्नु अघि औपचारिक प्रक्रिया र सत्यतथ्यको सम्मान गरियोस् भन्ने अपेक्षा राख्दछु र सत्य तथ्यको कदर गर्दै यो औपचारिक खण्डन सार्वजनिक गरिएको व्यहोरा अनुरोध गर्दछु ।’

खण्डन वक्तव्यको पूर्णपाठ…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।