असार १, काठमाडौँ । विश्वकप फुटबल कतारमा हुन गइरहेको २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म खेल्ने टिमको टुङ्गो लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराएर विश्वकपमा स्थान बनाउने अन्तिम टिम बनेको छ ।
फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकोले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ई मा कोस्टारिका परेको छ । कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।
२२ औँ संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ए मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ । सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारिएको छ ।
कुन समूहमा कुन टिम ?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना