0 COMMENTS

जेठ ३१, काठमाडौँ । नेपालमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २३३ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेशनमा बसेका छन् । पछिल्लो २४ घन्टामा थप ३ लाख ८५ हजार ९ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।