0 COMMENTS

मङ्सिर २, काठमाडौँ । सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रम मनाउँदैछ । नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’सरकारले यो विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रम मनाउन लागेको हो । 

प्रतिजैविक प्रतिरोध, एन्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै गएकोले रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना सेवन गर्न नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसलाई समयमै सम्बोधन गर्न सकेन भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति ब्यहोर्नु पर्ने हुनसक्छ, यो चुनौतीको सामना गर्ने विकल्प हो एन्टिमाइक्रोबियल स्टिवार्डशिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, यसको निम्ति नीति, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्न प्रतिबद्ध छौ मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ ।

औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।