0 COMMENTS

कात्तिक २४, खलङ्गा । दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) दिउँसो २ः४३ मिनेटमा दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।