0 COMMENTS

जेठ २४, काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरेको स्पष्ट पारेको हो । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ । २०७८ साल मङ्सिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०७८ साल कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचनाबमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमित समयमा कार्य पूरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’ इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार रहेको विभागको दाबी रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।