0 COMMENTS

कात्तिक ११, काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको छ ।  

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । 

४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।