0 COMMENTS

जेठ २३, काठमाडौँ । नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको १ हजार ९ सय ९० पिसिआर परीक्षणका क्रममा ७ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । पछिल्लो २४ घन्टामा थप १ लाख २ सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।