0 COMMENTS

असोज ६, चितवन । रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।

पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।