0 COMMENTS

जेठ १८, काठमाडौँ । इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ । अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको १६३ रुपैयाँ रहेकोछ । अर्थ मन्त्रालयले मंगलबार पूर्वाधार कर घटाएर उद्योग मन्त्रालयलाई पठाएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा पूर्वाधार कर घटाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।