0 COMMENTS

भदाै १७, काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।