भदाै १३, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले शुक्रबार २ लाख रुपैयाँ क्रस गरेको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
महासंका अनुसार बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ लाख ६०० रुपैयाँ कामयम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपाली बजारमा सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।