0 COMMENTS

भदाै १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ गतेदेखि १८ गतेसम्म आफू चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै आफू पाँच दिने चीन भ्रमणमा जाने कार्यक्रमबारे जानकारी गराएका हुन् ।

तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति पिङसँग भेट गर्ने जानकारी दिए । सम्मेलनमा सहभागी भएर तियानमिनबाट रेलमार्फत भदौ १७ गते बेइजिङ जानेछन् ।

बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका कार्यक्रमको परेडमा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

चीन भ्रमणका क्रममा आफूले चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स, कम्बोडियाका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग साइडलाइन वार्ता गर्ने तय भएको जानकारी दिए ।

चीनका अनुसार ५० भन्दा बढी देशले वार्षिकोत्सव समारोहमा सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।