0 COMMENTS

जेठ १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का प्रवक्ता मानबहादुर तामाङले पार्टीले जित हासिल गर्नका लागि जनपक्षीय कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । उनले उम्मेदवार उठाउँदा सेटै उठाउनुपर्ने अनुभूति भएको बताउँदै चुनावमा पैसाले मात्र जितिदैँन जनताको मन जित्न जरुरी रहेको र पैसाले मात्रै चुनाव जित्ने दिन समाप्त भएको बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य सुशिल राजवंशी, अर्का स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्ज सञ्जिव थापाले पनि चुनावमा भएका विविध पक्षमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिले उम्मेदवारहरुको हौसला बढाउँदै सम्मान व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सुनसरी इन्चार्ज फुलेश्वर राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।