0 COMMENTS

वैशाख २, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राति नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालिका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छन् ।

बेत्रावतीबाट खाल्टेतर्फ जाँदै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गए राति सवा १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।