0 COMMENTS

असार ९, काभ्रे । क्यान्सर काउन्सिल नेपालले नेपाल प्रहरी श्रीमती संघ र सामुदायीक स्वास्थ्य तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामूूलक कार्यक्रम शुुक्रबार नेपाल पुुुलिस स्कुल साँगा, काभ्रेमा सम्पन्न गरेको छ । कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थका कारण हुने रोगहरुको रोकथाम तथा महिलाको पाठेघर तथा स्तन क्यान्सरबारे कार्यक्रम संचालन गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो । उहाँले विकसीत देशमा जनचेतनाको कारण मुटुु तथा क्यान्सर रोगको उपचार खर्च पनि कम र उपयोगीता बढी भएको जनाउँदै हामी पनि समयमा नै अस्पताल जानु पर्ने कुरा प्रष्ट पार्नु भयो ।


सुर्तीजन्य पदार्थलले धन र ज्यानको नोक्सान हुने भएकाले युवा पुस्ताले समयमा यसवाट बच्न पर्ने कुरा औल्याउनु भयो । नेपालमा ८०% रोगहरु सुर्तीजन्य पदार्थको कारणले लाग्ने हुँदा यसवाट बच्न अभिभावक पनि आफ्ना बालबच्चाको बारेमा सचेत रहनु पर्ने कुरा कडरियाले वताउनु भयो ।


कार्यक्रमका स्रोत व्यक्ती तथा सामुदायीक स्वास्थ्य केन्द्रका संयोजक डा.किशोर कुमार प्रधानाङ्गले नेपालमा प्रायजसो क्यान्सरका बिरामीहरु जनचेतनाको अभावले मर्ने गरेको बताउनुु भयो । रोगको गम्भिर अवस्थामा मात्र अस्पतालमा आइपुग्ने र उपचारको प्रभावकारीता पनि कम हुने कुरा बताउनुभयो । उहाँले यस्तो कार्यक्रममा सहभागीलाई स्वास्थ्य शिक्षाको बारेमा जानकारी दिन पाउँदा खुसी व्यक्त गर्नु भयो । नेपाल प्रहरी महिला संघका अध्यक्ष रुपा थापाले नेपाल प्रहरी महिला संघले देशका विभिन्न ठाउँमा सामाजिक काम गदै आएको र आगामी दिनमा पनि क्यान्सर काउन्सिल नेपाल जस्ता संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उक्त कार्यक्रममा Breast Cancer Specialistf डा. करिष्मा प्रधानाङ्ग, नेपाल पुलिस स्कुलका प्राचार्यहरु, सह–प्राचार्यहरु, कोडिनेटरहरु, शिक्षक/शिक्षिकाहरु, सिनियर प्रहरी अधिकृतहरु, विद्यालयमा अध्ययनरत छात्राहरु, संगित विद्यालयका प्रहरी कर्मचारीहरु तथा अन्य महिला प्रहरी कर्मचारीहरु समेत गरी ४३१ जना सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा कानूनी सल्लाहकार राधिका खतिवडाद्वारा महिला तथा बालबालिका संग सम्बन्धित ऐन नियमका कुराहरु साथै नेपाल प्रहरी संगित विद्यालयद्धारा नाटक तथा नृत्य प्रदर्शनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।