बागलुुङ । क्यान्सर काउन्सिल नेपाल तथा एभरेष्ट बैंक लिमिटेडको आयोजनामा बागलुङ नगरपालिकास्थित श्री गणेश मा.वि, नारायणस्थानमा क्यान्सर, मुुटु रोगको कारण, लक्षण र रोकथामका उपायहरू र सुर्तीजन्य पदार्थको असर बारेमा जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
बागलुुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठको प्रमुख अतिथित्वमा सम्पन्न कार्यक्रममा मेयर श्रेष्ठले घर नै पहिलो अस्पताल, व्यक्ति आफैं नै पहिलोे डाक्टर भएकोले हामीले स्वस्थ रहन सन्तुलित भोजन र सुर्तिजन्य पदार्थबाट टाढा बस्नुपर्ने कुरामा जोडदिनु भयो । उहाँले राज्यको स्वास्थ्य खर्च कम गर्न स्वस्थ जीवन अपनाउनु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रमका स्रोत व्यक्ति विशेषज्ञ डा.आसिम सापकोटाले ३०–५० प्रतिशत रोगहरुबाट बच्न हामीले सन्तुलित भोजन, शारीरिक व्यायाम र सुर्तिजन्य पदार्थबाट टाढा बस्नु पर्ने कुरा बताउनु भयो ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले देशव्यापी रूपमा हामीले स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्नु पर्ने कुरा औल्याउनुु भयो । उहाँले यस श्री गणेश मा.वि.मा कार्यक्रम संचालन गर्न पाउँदा खुसी लागेको कुुरा बताउनु भयो । आगामी दिनमा पनि यस संस्थाले यस्ता कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले क्यान्सर काउन्सिल नेपाल र एभरेष्ट बैंकलाई स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिनुुभयो । उहाँले व्यक्ति सफल हुनको लागि स्वस्थ हुनुपर्ने कुरा राख्नुु भयो । उहाँले गणेश मा.वि वाग्लुुङ् जिल्ला मै उत्कृष्ट, नमुना विद्यालय भएकोमा खुसी व्यक्त गर्नु भयो ।