फागुन १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नम्बर ब्युरोको प्रथम पूर्ण बैठक शुरु भएको छ । आइतबार नुवाकोटको बिदुरमा ८ नम्बर ब्युरोको प्रथम पूर्ण बैठक शुरु भएको प्राप्त समाचारमा जनाइएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत १ देखि वैशाख १८ गतेसम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले उक्त ८ नम्बर ब्युरोमा अभियानलाई कसरी व्यवस्थित गरेर सञ्चालन गर्नेबारे पनि छलफल हुने बताइएको छ ।