0 COMMENTS

फागुन १८, काठमाडौँ । आज नेपालभर पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आइतबार कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यस्तै बागमती, गण्डकी प्रदेशका हिमाली भेगमा पनि आंशिक बदलीको सम्भावना छ ।

बाँकी भागमा मौसम पूर्णतया सफा रहने महाशाखाले जनाएको छ । बिहीबारदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएको थियो । पछिल्लो २४ घन्टामा देशभर छिटपुटदेखि मध्यम वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।