0 COMMENTS

फागुन १५, काठमाडौँ  रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट चारवटा भवन जलेर नष्ट भएका छन् । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरी आफू पनि घटनास्थलतर्फ गइरहेको बताए । ‘आगो नियन्त्रणमा त आइसकेको छ।  तर बाँकी के कति क्षति पुगेको छ भन्ने खुलिसकेको छैन’, उनले भने ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।