0 COMMENTS

फागुन १३, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीको आयोजनामा स्ववियु सम्बन्धि प्रशिक्षण सहितको बैठक सम्पन्न भएको छ । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीको बिस्तारित बैठकले रमेश पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

स्ववियु निर्वाचनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय सहित भएको उक्त बैठकले ६ सदस्यीय सचिवालय समेत गठन गरेको संगठनले जनाएको छ । बैठकमा जिल्लाका ३ प्रमुख क्याम्पस सहित पाँच वटा शैक्षिक संस्थाका ५५ जना प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य मनोज थापा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय लगायतले मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।