0 COMMENTS

फागुन ९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समिति नवलपरासीले थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न–०४ दिब्यनगर निवासी उहाँको कान्छी बुहारी माया पुन पार्टीको पार्टी सदस्य तथा पार्टी निकट क्रान्तिकारी महिला संगठन नवलपरासीको जिल्ला सदस्य हुनुहुन्छ ।

माया पुनको ससुरा बुवा थमबहादुर पुनको २०८१ फागुन ०७ गते साँझ असामायिक निधन भएको उक्त पार्टीले जनाएको छ । बि.स.२००५ सालमा जन्मनुभएको उहाँ यस अघि बर्दघाट–२ चिसापानीबाट बसाई आउनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिका नगर संयोजक रामप्रसाद अर्गेजाद्वारा जारी शोक बक्तब्यमा पुनको निधनले मर्माहत बनाएको उल्लेख गर्दै भनिएको छ – ‘केही महिना अघि कान्छो छोरा मन बहादुरको असामायिक निधनले पुत्र शोकमा रहनुभएका थम बहादुरको निधनले पुन परिवारलाई झन् पीडा थपिदिएको छ । उहाँको अब एक छोरा दुई बुहारी ३ नाति र २ नातिनी हुनुहुन्छ । अतः हाम्रो पार्टी श्रमजिवी समेत रहनुभएको बुवा थम बहादुर पुन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समबेदना ब्यक्त गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।