0 COMMENTS

कात्तिक ९, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ नौकिलोमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

शुक्रबार काठमाडौँबाट गोरखाको मनकामना जाँदै गरेको बा.प्र. ०१-०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान सडकबाट करिब २५ मिटर तल खोलाछेउमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए। घाइतेहरू सबै रामेछाप घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-१ बस्दै आएकाहरू छन्।

इन्सपेक्टर सिलवालका अनुसार ७० वर्षीया केदारकुमारी श्रेष्ठ, ४२ वर्षीया राधिका कटुवाल, ४२ वर्षकै कुमार कटुवाल, १२ वर्षीय विवस कटुवाल, १५ वर्षका सुरज श्रेष्ठ, १६ वर्षीय विनिता कटुवाल, ३९ वर्षीया संगीता श्रेष्ठ, ४० वर्षीय नारायण बहादुर श्रेष्ठ १० वर्षीय सुदीप श्रेष्ठ र ४५ वर्षीय नारायणदास श्रेष्ठ घाइते भएको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको अवस्था मध्यम छ। उनीहरूलाई उपचारका लाग महादेववेशीस्थित टाइमकेयर अस्पतालमा उपचारका लागि पठाइएको इन्स्पेक्टर सिलवालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।